धरान । प्रदेश १ का प्रमुख रहेका डिआइजी ठाकुरप्रसाद ज्ञवाली आइजिपीमा नियुक्त भएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको आइजिपी पदमा ज्ञवालीलाई नियुक्त गरेको हो । उनी नेपालको २७ औं आइजिपी हुन् । निर्वतमान आइजिपी सर्वेन्द्र खनालको मंगलबारै ३० वर्षे सेवा अवधिका कारण अवकास पाए पछि ज्ञवालीलाई आइजिपी (विगतकाे समाचार हेर्न हाइलाइट क्लिक गर्नुहाेला) बनाइएको हो ।