ब्लाष्टखबर ।  प्रहरी महानिरीक्षक  (आईजीपी) सर्वेन्द्र खनालकाे उमेर हदका कारण  अनिवार्य अवकाश लिए संगै गृह मन्त्रालयले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने प्रस्ताव लैजाने भएकाे छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने भएकाे हाे । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलगत्तै गृहमन्त्री र मुख्य सचिव लोकदर्शन रेग्मीसँग आईजीपी नियुक्तिबारे छुट्टै छलफल गरेका थिए  । छलफलमा ओलीबाट ज्ञवालीकै नाम आएकाे बताइएकाे छ । 

आजै मन्त्रिपरिषद बैठक बस्दै छ  ।