विराटनगर /  तस्करीमा लागेका गिरोहले अवैध लागूऔषध तस्करीमा बालवालिकाको प्रयोग गराउँने गरेको पाइएको छ । बखरी प्रहरी चौकी विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनिबाट लागूऔषध टेपले शरिरमा बाँधेर ल्याएको अवस्थामा एक बालकलाई सोमबार पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।
धरानका १४ वर्षीय एक बालकको पेटमा टेपले बाधेर ल्याएको अवस्थामा अवैध लागूऔषध प्रहरीले विराटनगर १२ आइतबारेको नहरबाट बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । ती बालकलाई तस्करीमा संलग्न गिरोहले गन्तब्य धरानसम्म पु¥याए १५ सय रूपैयाँ दिने सहमति गरेका पाइएको एसपी अधिकारीले जानकारी दिए । तस्करीमा संलग्न गिरोहको घर धरान रहेको खुलेको छ । प्रहरीले उनीहरूको खोजी कार्य तिव्र बनाएको छ । प्रहरीले पक्राउ गरेको ती बालक लागूऔषध दुव्र्यसनी पनि रहेको खुलेको छ । तीन महिनादेखी लागूऔषधको लतमा लागेको उनले प्रहरीलाई बयान दिएका छन् ।
प्रहरीले उनको साथबाट ७५ सेट लागूऔषध बरामद गरेको छ । एभिल २५ सेट, डाइजे २५ सेट र नरफिङ २५ सेट लागूऔषध बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको लागूऔषध भारतमा ३ हजार रुपैयाँ हो । यो लागूऔषध धरान पु¥याउँदा तस्करीमा संलग्न गिरोहले महंगो मुल्यमा विक्री गर्दछन् ।