धरान / गत माघ २५ गते दिउसो धरान-२० स्थित एन्जल मार्गका २१ बर्षीय सुजन मगरलाई छुरा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरि ज्यान मुद्वा दर्ता गराएको छ ।
सामान्य बादबिबादको घटनालाई लिएर पेटमा छुरा प्रहार गरी गम्भीर घाईते बनाएकोमा निजको हाल बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान सुनसरीमा उपचार भइरेहको छ ।
मगरलाई छुरा प्रहारमा संलग्न धरान–१८ का विकास साह, इश्वर राई र धरान–१७ का सागर खड्कालाई सोही दिन पक्राउ गरि सुनसरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद गरिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनीहरुले सामान्य विवादमा साथीलाई छुरा प्रहार गरेका थिए ।
धरानमा दिउसै छुरा प्रहार, तीन पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































