धरान  / आज बिहान साढे ४ बजे सुनसरी कोशी गाउँपालिका –१ लौकही स्थितमा गोसाई यादबको कृषी फर्म आगलागी हुदाँ ५२ वटा खशी बाख्रा मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कालिका कृषि फर्ममा अचानक आगोलागी हुँदा ८ वटा खशी, ४४ वटा बाख्रा, बाख्राको खोर , नजिकै रहेको कुखुराको खोर पुर्ण रूपमा जली नष्ट भएको छ । घट्नामा १५ लाख बराबरको क्षति भएको छ । प्रहरीलाई सूचना आउन साथ आगो नियन्त्रण गर्न पुगेको थियो । स्थानियवासी, नेपाल प्रहरी र दमकलको सहयोगमा एक घण्टा पछि आगो नियन्त्रणमा आएको जिप्रकाका प्रहरी प्रबक्ता डिएसपी विनोद शर्माले जानकारी दिए ।