विराटनगर /  मोरङको रङ्गेली नगरपालिका ७ स्थित संसारइ माइ स्थान मन्दिर भित्रको चाँदीको बहुमूल्य मूति र अन्य सामान चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले रंगेली नगरपालिका ३ का भुवन पराजुलीलाई मन्दिरको मूर्ती चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
गत माघ २२ गते राति १० बजेर ५४ मिनेटमा पराजुीले मन्दिरभित्रको चाँदीको मूती र अन्य विभिन्न सामाग्री चोरी गरेका थिए । प्रहरीले पराजुलीलाई रंगेलीबाट शनिबार पक्राउ गरेको हो । इलका प्रहरी कार्यालय रङगेलीका प्रमुख इनिस्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मन्दिरबाट चोरी भएको मूर्तीसहित अन्य विभिन्न सामाग्री पराजुलीको घरबाट बरामद गरेको हो ।
प्रहरीका लागि बहुमुल्य सामान फिर्ता ल्याउनु र चोर पक्राउ गर्नु निकै चुनौति भएपनि सिसि टिभि फुटेजले प्रहरीलाई चोरीमा संलग्नलाई पक्राउ गर्न सजिलो भएको इप्रका रंगेलीका प्रमुख दाहालले जानकारी दिए ।

पराजुलीका घरमा छापा मारेर उनी सुत्ने कोठामा रहेको काठको लो बेडमुनि हरियो रङको कोट कभरमा चेन लगाएर लुकाएर राखिएको संसारी माताको मूर्तिको शिरमा लगाउने चाँदीको मुकुट १ थान, छत्र १ थान, त्रिशूल १ थान, पित्तलको गणेश र छोटी माताको पुरानो मूर्ति २ थान तथा पित्तल र फलामको त्रिशूल २ थान फेला पारेको छ । चाँदीका ३ वटा सिक्री पनि पराजुलीको घरबाट प्रहरीले बरामद गरेको छ । चोरी भएका मालवस्तुको मूल्याकन ११ लाख ३५ हजार गरिएको प्रहरीले जनाएको छ । पराजुलीले चोरीमा प्रयोग गरेको ज १२ प ५४६८ नम्बरको मोटरसाइकल पनि उनको घरबाटै बरामद गरिएको छ । साथै चोरी गर्दा लगाएका लुगा, टोपी, झोला, हाफ पञ्जा, विन चिटर, जुत्ता फेला परेका छन् ।