धरान । एक थाई सैनिकले २१ जना सर्वसाधारणको हत्या गर्ने गरी अन्धाधुन्ध गोली चलाएका छन् ।

चोरेको एक स्वचालित हतियारले सो सङ्ख्यामा थाई नागरिकहरूको हत्या गरेको हुन् । यो घटना थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासीमामा भएको हो । गोली चलाएको क्षेत्रमा ४२ जना नागरिकहरू घाइते बनेका छन् । उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । त्यसमध्ये ९ जना गम्भीर घाइते रहेको जनाइएको छ ।

ती सैनिकले आफू कार्यरत रहेको शिविरबाट हतियार ‘हुम्बी’ चोरेर शहर प्रवेश गरेको बताइन्छ । हतियारधारी सैनिकले एउटा व्यापारिक केन्द्रमा प्रवेश गरेर जथाभावी गोली प्रहार गरेका थिए । थाइल्याण्डको मिडियाका अनुसार उनले आफ्नो कमाण्डिङ अफिसरको हत्या गरेर हतियार चोरेका थिए । ती सैनिककाे प्रहरीहरूले हत्या गरिसकेकाे थाइल्याण्डकाे बैंकक पाेष्टले समाचार लेखेकाे छ । उनकाे नाम जक्रपन्थ थाेम्मा रहेकाे जनाइएकाे छ । 

3520374

फेसबुकमा ती सैनिकले पाेष्ट गरेकाे अाफ्नाे तस्बिर । स्राेतः बैंककपाेष्ट डटकम

घटनास्थलमा १६ जनाको मृत्यु भएको थियो भने ५ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने अनुमान थाई प्रहरीले गरेको छ । हाल सपिङ सेन्टर आसपासमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । आक्रमण किन र के प्रयोजनमा गरिएको हो भन्ने विषयमा थाई प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ ।