ताप्लेजुङ / १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा ताप्लेजुङ प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत सिक्किम ग्याण्टोक घर भई ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नं ८ याम्फुदिन बस्दै आएका दोर्जे छिरिङ भुटियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरिक्षक विष्णू खड्काले जानकारी दिए ।
४७ बर्षीया भुटियाविरुद्ध करणी सम्वन्धी मुद्धा दर्तागरि ताप्लेजुङ जिल्ला अदालतबाट गत माघ २३ गते ५ दिनको म्याद थपगरि अनुसन्धान भैरहेको छ । भुटियाले ति बालिकालाई २ वर्ष अघिदेखि करणी गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ ।