ताप्लेजुङ / ताप्लेजुङमा जेठाजुले धारिलो हतियार प्रहार गरि बुहारीको हत्या गरेका छन् । जिल्लाको पाथीभरा याङ्वरक गााउँपालिका वडा नं २ खाल्टेमा शुक्रबार अपरान्ह जेठाजुले बुहारीको हत्या गरेका हुन् । घरायसी रिसीईवीका कारण जेठाजु पूर्णकुमार लिम्बूले बुहारी सुकमायालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जेठाजु पूर्णबहादुरले सुकमायालाई घरमै धारिलो हतियार प्रहार गरेको र उच्च रत्तश्रावका कारण उनको मृत्यु भएको जानकारी आएको बताए । उनका अनुसार थेचम्बुमा रहेको प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । घटनाका बारेमा बिस्तृत अनुसन्धान भईरहेको समेत फुयाँलले जानकारी दिए ।