विराटनगर / नेपाल र भारतको सिमा क्षेत्रमा अवैध लागूऔषध चरेश खेवन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर – १४ स्थित सिमा एरियाबाट लागुऔषध चरेश सेवन गरिरहेको प्रहरीले तीन जनलाई बिहीबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगरका २६ बर्षीय दिपक सहनी, ४२ बर्षीय राम यादब र ५५ बर्षीय मुस्तफीर मिया रहेको मोरङ प्रहरीले जनाएको छ । दिपक सहनीको कोठामा चरेश सेवन गरिरहेको अवस्थामा १ सय ग्राम चरेश सहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको छ ।
यस्तै उदयपुरको त्रियुगा नगरपालिका– १३ बाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका १२ का बिकाश कट्वाल र त्रियुगा नगरपालिका ११ का २५ बर्षीय सुवास धमलालाई स्टागन ४ एम्पुल, मरफियम ४ एम्पुल, हिस्टानिल ४ एम्पुल, लोरी ४ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।