इनरुवा ।  ललिता निवास जग्गा प्रकरणमा नेपाली काङ्ग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदार भ्रष्टचारमा मुछिए पछि सुनसरी काङ्ग्रेसले आन्दोलन गर्ने भएको छ ।
सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनीधि सभामा समेत विजयी गच्छदारको सांसद पद समेत निलम्बनमा परे पछि बचाउको लागि जिल्ला पार्टी कार्यालयले पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने जानकारी दिएको हो ।
पार्टी सभापति राजिब कोइरालाले केन्द्रीय उपसभापतिसमेत रहेका संसदीय दलका उपनेता गच्छदार माथि लगाइएको आरोप प्रतिसोध भएको बताए । उनले आन्दोलनको विकल्प नभएको बताएका छन् ।

‘वर्तमान सरकार दुई तिहाईको दम्भ देखाएर सुनियोजित तवरले काँग्रेसमाथि जाईलागेको छ । मुद्दा फिर्ता नलिए वर्तमान सरकार विरुद्ध सडक संघर्षको विकल्प छैन् ।’– कोइरालाले भने ।