उदयपुर / उदयपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–१३ बाट लागुऔषधसहित विकाश कटवाल र सुबास धमला पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट चेकजाँचमा खटेका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा त्रिनपा–१२ निबासी २० वर्षीय विकाश र त्रिनपा–११ निबासी २५ वर्षीय सुवासको साथबाट स्टागन ४ एम्पुल, मरफियम ४ एम्पुल, हिस्टानिल ४ एम्पुल, लोरी ४ एम्पुलबरामद गरेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहति पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भईरहेको जिप्रका उदयपुरले जनाएको छ ।