ब्लाष्टखबर । सरकारले कृषककाे खेत बारीमा आउने जंगली बँदेललाई मार्न सकिने गरी चालु आर्थिक वर्ष २०७६/७७ भर ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेकाे छ ।
घोषणामा जंगली बँदेलले कृषककाे खेत बारीमा पसी बालिनालीमा क्षति गरे मार्नसमेत सकिने गरी नियम बनाइएको छ । कृषककाे खेतबारीमा पसी बालीनालीमा वा धनजनको हानी नोक्सानी गरेमा किसानले बँदेललाई धपाउन, लखेट्न वा पक्रन सक्ने वन तथा वातावरण मन्त्रालयले जनाएकाे छ।
धपाउने वा पक्रने क्रममा यदि बँदेल मरेमा वडाका प्रतिनिधिसहित कम्तिमा ५ जनाको रोहबरमा मुचुल्का उठाएर गाड्न सकिने वा निकुञ्जलाई जानकारी गराइ स्थानीय तहको राजस्व खातामा रकम जाने गरी उपयोग गर्न सकिने प्रावधान ल्याइएको छ ।
तर निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा वन क्षेत्रमा भने कुनैपनि जंगली जनावारलाई हानी नाेक्सानी प्रर्याउन पाइने छैन ।