धरान / इलाका प्रहरी कार्यालय धरानले हिजो राति छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ ।
साँझ धरान १५, स्थित स्वीमिङ पुल लाईनको एक घरमा डेरा गरी बस्ने धरान ५ का ४२ बर्षीय सुर्यबहादुर राईलाई निजको ४ केजी गाँजासहित पक्राउ गरेको छ । कोठामा प्लाष्टिक र कागजमा प्याकिङ गरी संचय गरी राखेको अवस्थामा नगद १० हजारसहित पक्राउ गरिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
यस्तै आधा घण्टाको फरकमा ६ः३० बजे धरान ८ स्थित दुर्गा चोकमा मोरङ बेलबारी नगरपालिका-४ बयरबन का२१ बर्षीय रितेश धिमाललाई लागूऔषध नाइट्रोसन लेखिएको २५ वटा ट्याबलेट र एक बोतल डाइलेक्स डिसीसहित पक्राउ गरेको हो । लुकाइछिपाइ राखिएको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवैलाई आज जिल्ला अदालत सुनसरमिा म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।