धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठानको पुरुष छात्रवासमा हिजो राती बवाल भएको छ । एमविविएस प्रथम बर्षमा अध्ययनरत एक विदार्थी ¥यागिङको शिकार भई घरबाट होस्टल जान नमाने पछि अभिभावक लिएर राती होस्टल प्रवेश गरेको विषयमा बबााल भएको हो ।
एमविविएस पहिलो बर्षमा अध्ययनरत विद्यार्थीलाई सिनियर विद्यार्थीहरुले ¥यागिङ गरे पछि होस्टेल जान नमानेका एक विद्यार्थीलाई होस्टल पु¥याउन आएका अभिभावकसँग हिजो राती झगडा भएको हो । पुरुष छात्राबासका होस्टल नं. ५ र ६ मा बस्ने विद्यार्थीहरुले बाहिरको मान्छे आएर असुरक्षित भएका भन्दैं राती १० बजे होहल्ला गरेका थिए ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेको टोली पुगेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । डिएसपी  न्यौपानेका अनुसार धरानका  व्यवसायी अनिल अग्रवालका सालाका छोरा प्रतिष्ठानमा एमविविएस पहिलो बर्षमा भर्ना भएका थिए । सिनियर विद्यार्थीहरुले ¥यागिङ गरेका कारण उनी होस्टल नै जान नमाने पछि अनिल अग्रवालसहित उनलाई पु¥याउन होस्टल पुगेका थिए ।
होस्टलमा राती बाहिरका मान्छे आएको सुरक्षा कमजोर भएको भन्दैं विद्यार्थीहरुले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बोलाएका थिए ।
बाहिरका व्यक्तिहरु नियमित होस्टलमा प्रवेश गरेर विद्यार्थीहरु असुरक्षित हुने गरेको विद्यार्थीहरुले बताउदैं आएका छन् ।खुकुरी बोकेर गुण्डाहरु होस्टल आउने गरेको विद्यार्थीहरुले बताउदैं आएका छन् ।
घटनाबारे आज ११ बजे इलाका प्रहरी कार्यालयमा छलफल गर्ने सहमति भएको डिएसपी न्यौपानेले जानकारी दिए ।
होस्टलको सुरक्षा र त्यहाँ नयाँ विद्यार्थीहरुलाई हुने ¥यागिङबारे आज प्रतिष्ठान प्रशासनलाई बोलाएर छलफल गर्ने डिएसपी न्यौपानेले जानकारी दिए । ‘प्रतिष्ठानमा नयाँ विद्यार्थीहरु निकै समस्यामा रहेछन् । सिनियर विद्यार्थीहरुले तनाव दिएर कतिपय पढाई छाड्ने, मानसिक रोगीसम्म भएको उदाहरण पाइयो । यसको समाधान अव हामी खोज्छौं ।’–डिएसपी न्यौपानेले ब्लाष्ट खवरसँग भने–‘होस्टलको सुरक्षा र ¥यागिङको समस्याबारे प्रशासनसँग छलफल गरेर समाधान निकाल्छौं ।'

केटिएम सेक्युरिटीको प्रतिष्ठानमा दादागिरी
प्रिया एञ्जलले हिजोको घटनार वीपी प्रतिष्ठानको छात्राबासहरुमा भइरहेको समस्याबारे सामाजिक सञ्जालमा लेखेकीछन् । उनले प्रतिष्ठानको सुरक्षाकाे जिम्मा पाएको केटिएम सेकुरिटीको दादागिरी र लावारवाहीले छात्रबास असुरक्षित बनेको बताएकी छन् ।
गार्डले नै हिजाे आएका स्थानीयको सपोर्टमा ¥यागिङ भए गाली हानेर मारिदिने धम्की दिएको उनले उल्लेख गरेकी छन् ।

सुरक्षा गार्डकाे लापारवाहीले विद्याथीहरुको सवारी चोरीकाे घटना, कोठमाहरुबाट सामान हराउने, प्राध्यापकहरुको चोरी हुने घटना बढेको उनले उल्लेख गरेकी छन् । होस्टलको गेट ११ बजे पछि खोल्न नपाइने नियम भए पनि पुरुष होस्टलको गेट २४सै घण्टा खुल्ला हुने र गेटमा गार्डसमेत नबस्ने गरेको उनले उल्लेख गरेकीछन् । राती ड्युटी गरेर फर्कने छात्राहरु असुरक्षित भएकाे बताइएकाे ५ । 
गार्ड तथा स्थानीयहरु होस्टलमा पसेर विद्यार्थी कुटपिट गर्ने, चोरी जस्ता घट्ना बढेको भन्दैं प्रतिष्ठान प्रशासनको ध्यानकर्षणसमेत गराएकीछन् ।
झन महिला छात्राहरु प्रतिष्ठानमा असुरक्षित बन्दैं गएको उनले उल्लेख गरेकीछन् । विद्यार्थीहरुको सुरक्षाको प्रत्याभूति गराउन माग गरिएको छ ।bp_ragging