बिर्तामोड । मादक पदार्थ सेवन गरेर १२ बर्षिया बालिकालाई बलात्कार गर्न खोज्ने एकजनालाई प्रहरीले सोमबार अर्जुनधाराबाट पक्राउ गरेको छ ।
अर्जुनधारा–१० का ६३ बर्षिय प्रदिप तामाङलाई सोही नगरपालिकाको वडा नम्बर १ बस्ने १२ बर्षिया एक बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी तामाङले बालिकालाई जर्बजस्ती गर्न खोजेपछि स्थानीयवासीले थाहा पाएर पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको बताइएको छ ।
मदिराले मातेका तामाङले सोमबार राती बालिकालाई जर्बजस्ती गर्न १ हजार १ सय रुपैयाँ दिई प्रलोभनमा पार्न खोजेका थिए । तर बालिकाले नमान्दै हो–हल्ला गरेपछि स्थानीयले तामाङलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
घटना भएको खबर पाएलगत्तै प्रहरी चौकी शनिश्चरेबाट खटेको टोलीले तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनी पठाएको बताएको छ । तामाङलाई हिरासतमा लिएर अनुसंधान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।