उर्लाबारी / दुर्घटनामा परी घाईते भएकी एक बालकको उपचारका क्रममा सोमबार निधन भएको छ । सोमबार बिद्यालय समयमा मधुमल्ला चिल्ड्रेन ऐकेडेमीको को १ ख ७५५६ नम्बरको बसले उर्लाबारीको कान्छिचौकमा बिपरीच दिसाबाट आएको एक मोटर साईकललाई ठक्कर दिदा“ मोटर साईकल चालक मिक्लाजुङ –६ का डिकेस विक, उनकी श्रीमती श्रृजना विक र ३ बर्षीय प्रतिक विक घाईते भएका थिए ।

दुर्घटनामा सक्त घाईते बनेका प्रतिकको बिराट नर्सिङहोममा उपचारका क्रममा निधन भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका ईन्स्पेक्टर सुभास राईले बताएका छन । दुर्घटना गर्ने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।