इनरुवा/ सुनसरीको दुहबीमा हत्या गरिएका झापाका अभिषेक कटवालको हत्यारा सार्वजनिक गरिएको छ ।

हत्याको घटनामा संलग्नताका आधारमा प्रहरीले विराटनगरका विजय कार्की र अर्जुन भण्डारीलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।

कटवालको शव दुहबीको केशलिया खोला किनारमा नग्न अवस्थामा गाडिएको अवस्थामा माघ १४ गते फेला परेको थियो । प्रहरीका अनुसार अभिषेकको हत्या ९ गते राति भएको थियो ।

कार्की र अर्जुनसँग अभिषेकको पहिलाबाट नै चिनजान रहेको र तीनैजना लागूऔषध सेवनकर्ता रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार व्यक्तिगत रिसइबी साध्ने क्रममा कट्वालको हत्या गरिएको हो ।