काठमाडौं/ मिस युरोप नेपाल सन् २०२० को उपाधि फिनल्याण्डकी निरुषा खत्रीले जितेकी छन् ।

युरोपका विभिन्न देशमा रहेका १२ नेपाली प्रतिस्पर्धीलाई पछि पार्दै खत्रीले मिस युरोप नेपाल २०२० को उपाधि जितेकी हुन् । मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले खत्रीलाई मिस युरोप नेपालको ताज पहि¥याएकी थिइन् ।

बेल्जियमको लुभेन शहरमा मिस युरोप नेपाल २०२० प्रतियोगिता आयोजना गरिएको थियो । मिस युरोप नेपालको उपाधि विजेता खत्रीले अब नेपालमा आयोजना हुने मिस नेपालको फाइनल राउण्डमा सोझै प्रवेश पाउने आयोजक ड्रिम्स नेपालले जनाएको छ ।

प्रतियोगितामा ‘फस्ट रनर अप’ को उपाधि आयरल्याण्डकी सङ्गिता थापा र ‘सेकेण्ड रनर अप’ को उपाधि बेल्जियमकी ज्योति भट्टले हात पारिन् ।