विराटनगर  / अनुयायीलाई बलत्कार गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका सिद्धबावा कृष्ण दास भारत फरार भएको पाइएको छ ।

नेपाल प्रहरीका हवल्दार अंगरक्षक र गाडी फर्काएर गिरी जोगवनी नाकाबाट भारत पसेको बताइएको छ । जगदगुरु घोषणा भएपछि कृष्णदासलाई नेपाल प्रहरीका हवल्दारलाई उनको सुरक्षार्थ अंगरक्षक खटाइएको छ ।
उनललाई जिल्ला अदालतले धरौटीमा छाडेको थियो । आदेश विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिए पछि उनको मुद्धा चलिरहेको छ ।  उच्च अदालत विराटनगरका अनुसार आज कृष्ण दासको पेसी रहेको बताइएको छ । उनी हाजिर नभई भारत तिर लागेको बताइएको छ ।

मोरङका प्रहरी प्रवक्ता डिएसपी शुर्दशन थापाले भारत गएको पुष्टी गरेका छन् । जोगमनीबाट उनको पिएसओ मुकेश साह फर्केर आएको जानकारी आएको डिएसपी थापाले बताए ।
। जगदगुरु श्रीरामानन्दचार्य पीठका अध्यक्ष गणेश बिरहीले उपचारका लागि सिद्धवावा भारत जाने कार्यक्रम रहेको बताए ।

उच्च अदालतले आजै जिल्लाको फैसला सदर गर्ने की बदर गर्ने गरि फैसला गर्ने तयारी थियो । यदि जिल्लाको आदेस बदर गरे कृष्ण दास कारगार चलान गर्ने आदेश हुने छ । गिरीका तर्फबाट कानुन व्यबसायी मोहन कोइराला र रुपेश कोइरालले बहस गरिरहेको उच्च अदालतका रजिष्टार दिपेन्द्रबाबु थपोलियाले जानकारी दिए ।