विराटनगर ।  मोरङको धनपालथान गाउँपालिका – ६ कदमास्थित विराटनगरको लर्डबुद्ध कलेजको बस पल्टिएको छ । रङ्गेलीबाट विराटनगरतर्फ विद्यार्थी लिएर आउँदै गरेको मे १ ख १४९० नम्बरको कलेज बस बिहीबार विहान कदमाहमा पल्टिएको हो । दुर्घटनामा परि बसका सह–चालक विराटनगर– १५ का ३२ वर्षिय सानुकुमार साहको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको इलका प्रहरी कार्यालय रङ्गेलीका इनिस्पेक्टर लेखनाथ दाहालले जानकारी दिए ।

सितलहरसँगै लागेको हुस्सुको कारणले कलेजको बस अनयन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कलेजको बसमा १२ जना विद्यार्थी सवार थिए । चार जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । उनीहरूको उपचार विराटनगरको अस्पतालमा भइरहेको छ । बसका चालक फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी कार्य तिव्र बनाएको बताइएको छ ।