बिर्तामोड । झापाको बिर्तामोडबाट मोटरसाइल चोरेर भाग्दै गर्दा एकजनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ ।

बिर्तामोडको बिर्तासिटी अस्पताल परिषरमा पार्किङ गरिराखेको मे ११ प २२७३ नम्बरको मोटरसाईकल चोरेर भाग्दै गर्दा मेचीनगर नगरपालिका–१३ का बिनोद तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

अस्पताल परिषरबाट मोटरसाइकल चोरेर भाग्दै गरेको देखेपछि स्थानीय वासिन्दाको सहयोगमा प्रहरीले तामाङलाई मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तामाङलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसंधान गरिरहेको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।