धरान / आफ्ना साथीहरुलाई छुरा प्रहार गर्ने एक युवालाई हिजो राती इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
हिजो राती धरान–१७ प्रगति मार्गका १९ बर्षीय अरविन राईले धरान–१७ फोक्लिन घर भएका जनम माझी, विशाल राई र अभिषेक बराइलीलाई छुरा प्रहार गरेर घाइते बनाएका थिए ।
उनीहरुका धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचभार भइरहेकोमा माझी बाहेक दुई जनाको भने घर फर्केका छन् । अरबिन राईलाई सोही राती छुरासहित पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप भै अनुसन्धान जारी शुरु गरेको जनाएको छ । घाईतेको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको ।