धरान  / क्यान्सरको विमारी धरानका पूर्वमेयर ध्यानबहादुर राईको आज निधन भएको छ । दिउँसो करिब १ बजेतिर पाटन अस्पतालमा उपचारको क्रममा ५९ बर्षकाे उमेरमा  निधन भएको उनको परिवारले जानकारी दिएका छन् ।

भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उनलाई एम्बुलेन्समार्फत नेपाल गत साता मात्र ल्याइएको थियो । उनी २०४९ सालमा तत्कालिन एमालेबाट धरान नगरपालिकाको मेयरर भएका थिए । धरानलाई जनसहभागिताको शहर भनेर चिनाउन सफल भएका थिए । पछिल्लो समय उनी समाजवादी पार्टीको केन्द्रीय कमिटीमा थिए ।

के भएको थियो राईलाई

पूर्वमेयर राई झण्डै १० महिनादेखि भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । पूर्वमेयर राईलाई स्क्वामस सेल क्यान्सर भएको उनको पिरवारले जानकारी दिएको छ । राईलाई भएको क्यान्सर दुर्लभ र खर्चिलो रोग मानिन्छ । यो रोग क्यान्सरका रोगीहरुमा पनि ५ प्रतिशतलाई मात्र हुने बताइएको छ ।

राजनीतिक यात्रा

राई अखिलबाट राजनीतिमा होमिएका थिए । पञ्चायतविरुद्ध राजनीतिमा होमिएका राई २०४६ सालको परिवर्तन पछि धरानको मेयर भएका थिए । धरानको विकासमा ठूलो योगदान दिएका राई एमालेबाट लामो सयम राजनीतिक गरे । धरानलाई विकास गर्न जनसहभागिता गराउने उनी पहिलो मेयर हुन । उनले शुरुवात गरेको विकासको मोडेल उनी पछिका मेयर मनोज मेल्याङबोले कार्यान्वयन गरेका थिए ।
एमालेको ठूलो सभवना बोकेका नेता २०६४ सालको संसवधासभा निर्वाचन पछि उनी अशोक राईसँगै संघीय समाजवादी पार्टीमा लागेका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा समाजवादीबाट मेयरको टिकटसमेत पाएका थिए ।
३० वर्षको उमेरमा धरानको मेयर भएका राई धराने जनतामा लोकप्रिय थिए । उनका एक श्रीमती एक छोरा र एक छोरी छन् ।