ब्लाष्टखबर। सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीनै जनालाई जिल्ला अदालत चितवनले सफाइ दिएको छ ।
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने, युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई सफाइ दिएको हो । पुडासैनीले लामिछाने र कडेलको मानसिक यातनाले गर्दा आफूले आत्महत्या गरेको भनि मर्न अघि रेकर्ड गरेको भिडियो गरेकाे सर्वजनिक भएसंगै लामिछानेलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा चलाइएको थियो ।
रावलकै इजलासले लामिछाने ५ लाख र कँडेल ३ लाख धरौटीमा छाडेको थियो ।