भद्रपुर / झापाको उत्तरी क्षेत्रका वन जङ्गलहरू तस्करहरूको निसानामा पर्दै आइरहेका छन् । पटक–पटक सशस्त्र तथा जनपथ प्रहरीले काठ बरामद गर्दै आइरहेपछि यस्तो खुलासा भएको हो ।
यसै क्रममा बिहीबार राति जनपथ प्रहरीले बुद्धशान्ति गाउँपालिका–७ स्थित हडिया खोलाछेउबाट आठ टुनामा रहेको अन्दाजी ३५ किबी सखुवाको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरीबाट सादा पोसाकमा र इलाका प्रहरी कार्यालय बुधबारेसहित खटिएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । बरामद काठलाई अन्दाजी ८० हजार रुपैयाँ मूल्य कायम गरी सव–डिभिजन कार्यालय बुधबारे जिम्मा लगाइएको उनले जानकारी दिए । नेपालमा भन्दा भारतमा काठको मूल्य बढी भएकोले काठ तस्करले विभिन्न माध्यम प्रयोग गरी भारत पु¥याउँदै आइरहेका छन् । बेला–बेलामा प्रहरीले काठ समाउँदै आइरहे पनि सो क्षेत्रमा खटिएका वन रक्षकले भने काठ समाउन सकेका छैनन् ।