वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ चतराघाटको दुधपानी खोलामा टाउको छिनेको महिलाको शव फेला परेको छ ।

चतरा रामपुर सडकखण्डको देखि करिव ५ सय मिटर उत्तर जंगलमा, तराईमुलको जस्तो देखिने अन्दाजी ३५/३६ वर्षीय महिलाको नचिनीने अवस्थामा शव भेटिएको हो ।

मंगलबार दिएसो २ बजे घांस काट्न गएकाले सुचना दिएपछि गएको प्रहरीले शव भन्दा २१ फुट पर सडेको अवस्थामा मृतकको टाउको भटिएको ईलाका प्रहरी कार्यलय चक्रघट्टीका ईन्सपेक्टर शरण कुमार दाहालले बताए ।

लाश संगै,तन्ना, बर्को,क्यारीङ्ग ब्याग, किचन नाइफ र छाप लगाउने स्टाम्प भेटिएको ईन्सपेक्टर दाहालले बताए ।

लाशको मुचुल्का उठाइ पोष्टमार्टमको लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले बताएको छ ।