धरान / इटहरी– ५ स्थित जनताबस्तीमा आज भएको दुर्घटनामा इटहरी–४, हलगडा बस्दै आएकी २५ बर्षीय सुनिता कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार को १ ख ७१२१ नम्बरको सेफ्टी ट्याङकीले साईकलमा सवार कार्कीलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ ।
ठक्करपछि लडेकी कार्कीलाई ब्याक गरेर किचेका ेस्थानीयले आरोप लगाएका छन् । उनलाई उपचारको लागि विराटनगर लादैं गर्दाबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामधुनी नगरपालिका–४ का प्रेम बहादुर खड्काले सवारी चलाएको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कार्की इटहरीको महेश्वर बचत तथा ऋण सहकारी संस्थामा काम गदैं आएकि थिइन ।