लक्ष्मीमार्ग/बेलवारी नापी कार्यालयका अमिनी दिनेश कुमार साहलाई ७ हजार घूस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले रंगेहात पक्राउ गरेको छ ।
साेमबार दिउसो मोरङको बेलवारी १० भाउन्ने स्थित पदमबहादुर श्रेष्ठको जग्गा नापी गरी सिमाङ्कन गर्न आएका साह नरबहादुर तामाङसँग उक्त घूस रकम लिँदै गर्दा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त कार्यालय प्रमुख उपसचिव ज्ञानेन्द्र ढकालले बताए ।
































