आलसका बारेमा थाहा नपाउने मानिस कमै होलान् । यसको तेल निकै लोकप्रिय छ । आलसको छोप अचारमा पनि प्रयोग हुन्छ । आलसलाई बहुगुणी औषधि पनि मानिन्छ । आलस लिनासिया परिवारमा पर्ने वनस्पती हो । यसको फल फाइबरयुक्त खाद्य पदार्थको रूपमा उपभोग गरिन्छ ।
आलसको खेती विश्वका चिसा क्षेत्रहरूमा गरिन्छ । आलस नेपालमा सरदर १ सय २० रुपैयाँमा पाइए तापनि विश्वको सरदर मूल्य २ डलर पर्छ । संसारमा सबैभन्दा बढी आलस उत्पादन गर्ने देश क्यानडा हो । क्यानडाले विश्वको ४० प्रतिशत बजार ओगटेको छ । क्यानडापछि रसिया, युक्रेन र फ्रान्सले पनि राम्रो आलस उत्पादन गरेका छन् । नेपालमा आलस कति उत्पादन हुन्छ भन्ने एकिन तथ्याङ्क छैन तर पनि सरदर १४ हजार तीन सय १९ हेक्टर जमिनमा ७ हजार ६ सय ७२ टन उत्पादन भएको वि.सं २०१३ को तथ्याङ्कले देखाउँछ । यस्तो अवस्थामा फरक तरिकाले कृषि उत्पादकत्वमा वृद्धि गर्दै उपभोक्तामा पनि सचेतना फैलाउन सके नेपालले आलसबाट राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारबाट दीर्घकालीन लाभ लिन सक्छ ।
शरीरलाई नभई नहुने चिल्लो पदार्थमध्येको तŒव हो, ओमेगा–३ फ्याट्टी एसिड, जुन आलसमा प्रसस्त पाइन्छ । कमै नेपाली होलान्, जसले आलसको अचार नखाएका होऊन् । अचार नै नखाए पनि आलसको छोप हालेको अचार त सबैले खाएका छन् । यति परिचित हुँदाहुँदै पनि नेपाली भान्सामा त्यति प्रिय नभएको यो बालीलाई सबैले विस्तारै बुझ्दै गएका छन् । प्राचीनकालदेखि फाइबर र तेलका लागि प्रयोग हुँदै आएको आलस अहिले विकसित देशहरूमा औषधिका रूपमा सेवन गर्न थालिएको छ । विश्वलाई सताइरहेको कोलेस्टेरोल, स्ट्रोकलगायतका मुटुसम्बन्धी रोगदेखि क्यान्सरसम्मको रोकथाममा आलसको प्रयोग बढेको छ ।
आलस धेरै तरिकाले खान सकिन्छ । आलसलाई अङ्कुरण गराएर खानु सबैभन्दा राम्रो मानिन्छ । हुन त धेरै अरू गेडागुडी अङ्कुराएर खानु बढी पौष्टिक मानिन्छ । आलसलाई अङ्कुराउँदा यसमा हुने फाइटिक एसिड हट्छ, जसले गर्दा खनिज तŒवहरू हाम्रो शरीरले सजिलै लिन सक्छ । क्यानडाको फ्लाक्स काउन्सिलको सिफारिसमा आलसलाई न्यानो पानीमा कम्तीमा १० मिनेट वा चिसो पानी भए २ घन्टा भिजाएर प्रयोग गर्नु भन्ने छ । आलसलाई अङ्ग्रेजीमा ‘फ्लाक्स सिड’ वा ‘लिन सिड’ पनि भनिन्छ । यसको वैज्ञानिक नाम ‘लिनम युसिटाट्सिनम’ हो । यो नामको अर्थ धेरै उपयोगी भन्ने बुझिन्छ ।
के के पाइन्छ आलसमा
एक तबल चम्चा अर्थात् १५ ग्राम आलसमा निम्न तत्वहरू निम्न मात्रामा पाइन्छन् ।
क्यालोरी : ३.७, प्रोटिन : १.३ ग्राम, कार्बाेहाइडेड : २ ग्राम, फाइबर : १.९ ग्राम, चिल्लो : ३ ग्राम, ओमेगा फ्याटी एसिड : १५९७ एमजी, स्याचुरेट फ्याट ०.३ ग्राम, मनोअन स्याचुरेट फ्याट : ०.५ ग्राम, पोलिअनस्याचुरेट फ्याट : २ ग्राम, भिटमिन बी : १.८ प्रतिशत, भिटमिन बी ६ : २ प्रतिशत, फोलेट : २ प्रतिशत, क्याल्सियम :२ प्रतिशत, आइरन : २ प्रतिशत, म्याग्नेसियम : ७ प्रतिशत, पोटासियम : २ प्रतिशत, फस्फोरस : ४ प्रतिशत ।
नियमित सेवन गर्दा आलसबाट पाइने फाइदा
– आलसमा अत्यधिक मात्रामा ओमेगा–३ फ्याट्टी एसिड पाइन्छ, जुन हाम्रो शरीरलाई नभई नहुने चिल्लो पदार्थमध्येको एक हो ।
– क्यान्सर जस्तो भयानक रोग लाग्नबाट जेगाउँछ ।
– उच्च रक्तचाप हुनेलाई आलस अमृतसरह मानिन्छ ।
– आलसमा प्रोटिन प्रशस्त पाइने हुँदा साकाहारीका लागि पनि उत्तम मानिन्छ ।
– सुगर लेबल सन्तुलन गर्न पनि आलसले पूर्ण रूपमा मद्दत पु¥याउँछ ।
– भोक जगाउने काम गर्छ र वजन सन्तुलन राख्न पनि विशेष भूमिका खेल्छ ।
– मुटुसम्बधी रोगीका लागि पनि नियमित आलस सेवन गर्नु उत्तम मानिन्छ ।
– खाना पचाउन सहयोग पु¥याउँछ ।
– मधुमेह रोगीका लागि फाइदा पु¥याउँछ ।
– कुनै पनि सङ्क्रमण हुनबाट जोगाउँछ ।
– सुत्केरी महिलाको लागि अति उपयोगी मानिन्छ ।
– आलसको नियमित प्रयोगले अनुहारमा चमक थप्दै जान्छ ।
– नरम र सिल्की कपालका लागि पनि आलस अति उपयोगी छ ।
– आलसले मुटुका धमनीहरूमा रगत जम्नबाट जोगाउँछ ।
– कब्जियत, पाइल्स, फिस्टुलाका बिरामीलाई फाइदा गर्छ ।
– छालासम्बन्धी रोगहरू एग्जिमा, डन्डीफोर, दाद, चिलाउने आदि हटाउँछ ।
– रोग प्रतिरोधात्मक क्षमता पनि बढाइरहेको हुन्छ ।
– शरीरको बोसो घटाएर स्फूर्त बनाउन यो उपयोगी छ।
– आयुर्वेदमा ‘दैनिक भोजन’का रूपमा चित्रण गरिएको छ।
– शैशवावस्थादेखि वृद्धावस्थासम्मका हरेक दिन यो मानव स्वास्थ्यका लागि उपयोगी मानिन्छ ।
– भ्रूणको विकास गराउनुका साथै छाला, केश तथा नङलाई स्वस्थ राख्न सघाउँछ ।
– रातो रक्तकोष निर्माण र मस्तिष्क एवं स्नायुको कार्यप्रणालीमा सहयोगी हुने भएकाले यसको उपयोग आवश्यक मानिन्छ ।
– आलसमा पाइने लिग्नान्सको इस्ट्रोजेनिक गुणले महिलाको महिनावारीमा हुन सक्ने तलमाथिलाई पनि नियमित बनाउन मद्दत गर्छ ।
– स्तन, प्रोस्टेट, कोलोन, पाठेघर क्यान्सरका बिरामीले आलस खानु राम्रो मानिन्छ ।
– आलसको सेवनले पाचन क्रियामा सघाउँछ र कब्जियतलगायत पाचनसम्बन्धी समस्यालाई समाधान गर्छ ।
– आलसले चाँडै बुढो देखिनबाट जोगाउनुका साथै कोषिकाहरू नष्ट भएपछि पुनर्जनन (सेल रिजेनेरेसन) हुने प्रक्रियामा सघाउँछ ।
– कतिपयलाई ग्लुटिन भएको खाना खान हुँदैन । यसले आन्द्रामा समस्या ल्याउँछ र खाएको पच्दैन । यो वंशाणुगत रोग पनि हो । आलसमा ग्लुटिन हुन्न । त्यसैले ‘सेलियाक रोग अर्थात् ग्लुटिन एलर्जी भएकाहरूलाई पनि यो लाभदायक छ।
– आलसमा पाइने घुलनशील रेशाले बोसो र कोलेस्ट्रोललाई बल्झाएर लिन्छ जसले गर्दा ती शरीरमा सोसिने मात्रा कम हुन जान्छ । त्यस्तै पित्तमा भएको कोलेस्ट्रोललाई पनि आलसको रेशाले लिन्छ र दिशाबाट बाहिरिन्छ।
– आँखाको लागि पनि राम्रो हुन्छ । खासगरी आँसु कम भएर आँखा सुख्खा हुने र पोल्नेहरूको लागि ओमेगा–३ भएको आलसको सेवन धेरै लाभदायक हुन्छ ।
– सामान्यतया माछाको तेलमा इपिए र डिएचएल दुई प्रकारका ओमेगा–३ फ्याट्टी एसिड पाइन्छन्, तर आलसमा पाइने चाहिँ ‘एएलए’ अर्थात् अल्फा लिनोलेनिक एसिड हो । खासमा यी फ्याट्टी एसिडहरू सुन्निने, दुख्ने कम गर्ने ‘एन्टि–इन्फ्लेमाटोरी’ गुणयुक्त र मुटुसम्बन्धी रोगहरू कम गर्नमा निकै उपयोगी मानिन्छन् ।
साभारः स्वास्थ्यखबरबाट