सङ्खुवासभा/ सङ्खुवासभामा गत शुक्रबार साँझदेखि लगातार रुपमा करिब १२ घण्टा भएको बर्षातसँगै परेको हिमपातको कारण जनजीवन कष्टकर बनेको छ ।
जिल्लाको विभिन्न क्षेत्रमा करिब पाँच फिटसम्म हिउँ जमेपछि नागरिकहरु समस्यामा परेका हुन् । जिल्लाको किमाथाङ्का क्षेत्र, बसन्तपुर, गुफापोखरी, चित्रे, मिल्के, मुढे, देउरालीलगायतका क्षेत्रमाहिउँ परेको छ । हिउँ परेपछि डाँडाकाँडा सेताम्मे भएको छ । हिमपातकाकारण पशु चौपायहरुमा बढी असर पुगेको छ भने स्थानीय बासीन्दाहरु घर बाहिर निस्कन सकेका छैनन् । बाँधिएका पशु चौपायलाई घाँस पानी दिन नसकिएको स्थानीय बासीन्दाहरुले बताएका छन् ।
किमाथाङ्का क्षेत्रमापाँच फिटसम्म हिउँजमेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ । त्यस्तै, बसन्तपुर, गुफापोखरी, चित्रे, मिल्के, मुढे, देउरालीलगायतका क्षेत्रहरुमापनि अढाईफिटसम्म हिउँ जमेको छ । सङ्खुवासभा प्रवेश गर्ने दुई मार्ग मध्ये बसन्तपुर क्षेत्रको सडक हिमपातको कारण अवरुद्ध भएको छ । माथिल्लो बाटो भएर विराटनगर, इटहरी र धरानबाट छुटेका सवारीसाधनहरु बिच बाटोमा रोकिएको छ ।
जिल्लाको विभिन्न स्थानमा परेको बाक्लो हिमपात तत्काल पग्लिने सम्भावना कम रहेकोले जनजीवन सामान्य अवस्थामा आउन केही दिन लाग्ने देखिएको छ । अहिलेपनि हुस्सु लाग्ने र पानी पर्नेक्रम जारी रहेकोले थप हिमपात हुन सक्ने सम्भावना छ ।