Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /शिक्षा
शिक्षा

गाउँपालिकाद्वारा आवासीय विद्यालय सञ्चालनमा

र रासस मंसिर २६, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
गाउँपालिकाद्वारा आवासीय विद्यालय सञ्चालनमा
 
जुम्ला / जुम्लाको हिमा गाउँपालिकाले शहीद, दलित र विपन्न परिवारका बालबालिकालाई लक्षित गर्दे आवासीय विद्यालय सञ्चालन गरेको छ । सशस्त्र द्वन्द्वका क्रममा दुवै पक्षबाट मारिएका शहीद र विपन्न परिवारका बालबालिकालाई लक्षित गर्दे आवासीय विद्यालय स्थापना गरेको हो । स्थानीय सरकार गठन भए लगतै विसं २०७५ मा गाउँपालिकाको पहलमा आवासीय विद्यालय स्थापना गरिएको हो ।
अहिले उक्त विद्यालयमा ५२ बालबालिका अध्ययनरत छन् । छिमेकी जिल्ला कालिकोटका चार स्थानीय तहका आठ र जुम्लाका तीन स्थानीय तहका ४४ विपन्न र शहीद परिवारका छोराछोरी आवासीय विद्यालयमा पढीरहेका छन् । कालिकोटको तिलागुफा र खाँडाचक्र नगरपालिका तथा पलाँता र महावु गाउँपालिकाका आठ र जुम्लाका तिला, हिमा र सिञ्जा गाउँपालिकाका ४४ विद्यार्थी आवासीय विद्यालयमा पढीरहेका छन् ।
शहीद परिवार, अनाथ, विपन्न र अर्काको भरमा पालिएका बालबालिकाको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि आवासीय विद्यालय स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए । घरपरिवारबाट राम्रो शिक्षा पाउन नसक्ने बालबालिकालाई लक्षित गरी विद्यालय स्थापना गरिएको उनको भनाइ छ । आवासीय विद्यालयमा अध्ययन गर्न आएका सबै बालबालिकालाई खान, बस्न, स्कुल पोशाकलगायत औषधि उपचारको सबै जिम्मेवारी गाउँपालिकाले लिएको अध्यक्ष शाहीले जानकारी गराए ।
आवासीय विद्यालयमा कक्षा २ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइहुने गरेको र उच्च शिक्षासम्मको जिम्मेवारी स्थानीय सरकारले लिने बताए । द्वन्द्वका क्रममा अभिभावक गुमाएकासहित तथा विपन्न परिवारका सदस्यलाई आफ्ना सन्ततिलाई शिक्षा दिन गाह्रो हुने भएकाले स्थानीय सरकारले बालबालिकाको जिम्मा लिएको शाहीको भनाइ छ । “देशको शासन व्यवस्थापन परिवर्तन गर्न बन्दुक उठाएर धेरै व्यक्ति शहीद भए”, शाहीले भने, “ति सहितका बालबालिकाले शिक्षा पाउने अधिकार स्थानीय सरकारले सुनिश्चित गर्नुपर्छ ।” आवासीय विद्यालयले प्रत्येक वर्ष २० देखि २२ नयाँ बालबालिका भर्ना लिने गरेको छ । पहिलो वर्ष २४ बालबालिकालाई भर्ना लिएर पठनपाठन शुरुआत गरिएको अध्यक्ष शाहीले जानकारी दिए । स्थापनाको वर्षमा रु १० लाख, गत आवमा रु २० लाख र चालू आवमा रु २० लाख रकम विद्यालयका लागि विनियोजन गरिएको अध्यक्ष शाहीले बताए ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

१० दिनदेखि सशस्त्रको नियन्त्रणमा भारतीय गाडी, गाडीधनीले प्रहरीमाथि उठाए प्रश्न
कार्तिक १०, २०८३
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार
कार्तिक १०, २०८३
इटहरीमा जुवाको खालबाट साढे ४ लाख नगदसहित ८ जना पक्राउ
कार्तिक १०, २०८३
छापा संस्करण [ePaper]
  1. १० दिनदेखि सशस्त्रको नियन्त्रणमा भारतीय गाडी, गाडीधनीले प्रहरीमाथि उठाए प्रश्न
    कार्तिक १०, २०८३
  2. सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार
    कार्तिक १०, २०८३
  3. इटहरीमा जुवाको खालबाट साढे ४ लाख नगदसहित ८ जना पक्राउ
    कार्तिक १०, २०८३
  4. पानीबोट दुर्घटनामा मृत्यु हुनेकाे पहिचान खुल्याे
    कार्तिक ९, २०८३
  5. सप्तकोशीमा पानी बोट दुर्घटना, तीन जनाको मृत्यु
    कार्तिक ९, २०८३
  6. सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
    कार्तिक ९, २०८३
  7. धान थन्काउन किसानलाई चटारो
    कार्तिक ८, २०८३
  8. जलवायु न्यायलाई गम्भीर रूपमा लिन विश्व समुदायसमक्ष पूर्वराष्ट्रपति भण्डारीको आग्रह
    कार्तिक ८, २०८३
  9. आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना
    कार्तिक ७, २०८३
  10. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    कार्तिक ७, २०८३
  11. पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
    कार्तिक ६, २०८३
  12. पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
    कार्तिक ६, २०८३
  13. विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट
    कार्तिक ६, २०८३
  14. विजयादशमीले सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत गर्छ : मुख्यमन्त्री कार्की
    कार्तिक ५, २०८३
  15. आज विजयादशमी : टीकाको शुभ साइत १०:२६ बजे
    कार्तिक ५, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड