धरान / कास्‍की २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईको अग्रता कायमै छ ।
८ हजार ४ सय २६ मतान्तरले अग्रता लिएकी छन् । नेकपा उम्मेदवार विद्याले १७ हजार ६ सय ५० मत पप्त गरेकी छन् । कांग्रेस उम्मेदवार खेमराज पौडेलले ९ हजार २ सय २४ मत ल्याएका छन् । अझै पाँच वटा वडाहरु को मत गन्न बाँकी रहेको छ । ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मात्र खसेको थियो ।

अहिलेसम्म ३० हजार ३ सय ५ मतगणना भइसकेको छ । अघिल्लो निर्वाचन रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले विजय हासिल गरेका थिए । ११ वडामध्ये अझै ५ वडा वडाको मतगणना बाँकी नै छ ।