धरान । नेपाली काङ्ग्रेस निर्वाचन परिचालन आमा समूह समन्वय समितिले ‘चुनावी अभियानमा महिलाको भूमिका साथै मतदाता शिक्षा’ विषयक प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।
सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित कार्यक्रममा धरानका २० वटै वडाका १ सय २० जना महिला सहभागी बनेका थिए । महिलाको भूमिका र मतदाता शिक्षासम्बन्धी जानकारी वीरेन्द्र साह र अर्चना ढकालले गरेको समितिकी सदस्य सचिव अञ्जना राईले बताइन् । कार्यक्रमको उद्घाटन पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य सीता गुरुङले गरेकी थिइन् । कार्यक्रममा संयोजक मीना पुलामीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।