मङ्सिर १४ गते हुने उपनिर्वाचनमा धरानको मेयरको लागि हुने निर्वाचनमा नेकपाको तर्फबाट तयारी कस्तो भइरहेको छ ?
निर्वाचन अभियान नेकपाको लागि कुनै नौलो विषय होइन । विगतदेखि नै निर्वाचन परिचालनका लागि हाम्रो टिम नगरदेखि टोलसम्म अभ्यस्त टिम हो । त्यसैले नेकपाको उम्मेदवारलाई मतदाताको घरघरमा पु¥याएर घरदैलो कार्यक्रम जारी राखेका छौं । वडाहरूमा मुलसमिति, करिब ३ सय टोल कमिटी परिचालित छन् । विषयगत हिसाबले मजदुर, युवा, महिला, जातीय तथा सांस्कृतिक सङ्गठन, बुद्धिजीवी, उद्यमी व्यवसायी, पेसागत क्षेत्रका साथीहरू, भूमिहिन सुकुम्बासी क्षेत्र सांस्कृतिक कर्मीहरू तथा पार्टीले निर्माण गरेका सबै जनसङ्गठन, जातीय मोर्चा एवं सामाजिक सांस्कृतिक संस्थाहरू सङ्गठित हिसाबले परिचालित छन् । निर्वाचनका लागि व्यवस्थापकीय काम पनि पुरा भइसेको छ । मतदाता शिक्षा, स्वयम् सेवक व्यवस्थापन, पार्टीगत सुरक्षा व्यवस्थालगायतका काम भइरहेको छ ।

स्थानीय, प्रदेश र सङ्घमा नेकपाको नेतृत्व भइरहँदा धरानमा केही काम भएन भनेर जनगुनासोहरू पनि आइरहेको छ, यसलाई नेकपाले कसरी लिएको छ ? यसले चुनावलाई त असर गर्दैन ?
वर्तमान कार्यकालमा जति धेरै काम यति छोटो अवधिमा यसभन्दा पहिले भएका थिएनन् । स्वाभाविक रूपमा जनताका अपेक्षा धेरै हुनु र सीमित साधान स्रोत र कतिपय संरचनागत तयारीका कारण अपेक्षा अनुसार काम नभएको हुन सक्छ । यसलाई हामीले गम्भीर रूपमा लिएका छौँ । पार्टी एकीकरणका कारण पार्टीका संरचनाहरू तल्लो तहसम्म निर्माण नहुँदा हामीले गरेका कामहरू व्यवस्थित रूपमा जनताको बिचमा लान केही कठिनाइ मात्र भएको हो । विपक्षीहरूले यो विषयलाई चुनावी मुद्दा बनाउनु भएको छ । हाम्रो अहिलेको अभियानले जनताको बिचमा प्रष्टता आइसकेको छ ।  त्यसैले केही भएन भन्ने कुरा जनतामा जानकारीको कमी भएको हामीले बुझेका छौं । विपक्षीहरूले चुनावी एजेण्डा मात्र बनाएका हुन् । किन कि, विनियोजित बजेटको पुस्तिका र विगत दुई वर्षमा भएका कामको फेहरिस्त सबै दलहरूको हात हातमा छन् । त्यसैले केवल मत प्राप्त गर्नका लागि जनतामा निराशा र भ्रम पस्किने काम नगर्नका लागि प्रतिपक्षीहरूलाई अनुरोध गर्न चाहन्छांै । हामीले नेकपा नेतृत्वको सरकारले गरेका काम र योजनाबारे जनताको घरदैलोमा पुगेर बुझाइसकेका छौं । त्यस कारण यसले चुनावलाई असर गर्ने भन्ने कुरै हुँदैन ।

धरानको सम्वृद्धिका लागि महत्वका काम के भएका छन् त ?
– दीर्घकालीन महत्वका ठूला परियोजना सञ्चालन आरम्भ भएका छन् । तत्कालीन देखिने गरिका आन्तरिक संरचनाहरू (सडक, ढल, बिजुली, पानी, सरसफाईलगायतका विषय) वडा स्तरमा अनुभूत हुने गरी र देखिने गरी निर्माण भएका छन् । हामीले २०७४ सालको निर्वाचनको बेला धरानको आर्थिक विकास खेलकुद, पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय केन्द्रित हुने घोषणा गरेका थियौं र विगत दुई वर्षमा गरिएका कामहरू यसै दृष्टिकोणलाई पूरा गर्ने लक्ष्यमा केन्द्रित छन् ।

स्पोट्र्स सिटी बनाउने घोषणा अन्तर्गत खेलग्राम, खेलका अन्य भौतिक पूर्वाधार सुधार र निर्माण, अन्तर्राष्ट्रिय स्तरका विषयगत रङ्गशालाहरू(क्रिकेट, फुटबल, हक्की) निर्माण आरम्भ भएको छ । स्पोर्ट ्स सिटीको गुरुयोजना निर्माण भइरहेको छ । अब विषयगत डिपिआर तयार गरी राष्ट्रिय खेलकुद परिषद््सहित प्रत्यक्ष सरोकार र संयोजनमा साँच्चैको स्पोर्ट्स सिटी धरान बन्ने जानकारी गराउँछौंं । रोजगारी सिर्जनाका लागि धरानमा औद्योगिक ग्राम निर्माणको योजना आएको छ । देशका ठूला लगानीकर्ताहरू चासो लिएर रोजगारमुलक उद्योग स्थानका लागि स्थानीय सरकारसँग समन्वय गरिरहेका छन् । विपन्न, आदीवासी जनजातिलगायतका लागि आयआर्जका सीपमूलक व्यावसायिक कामहरू भइरहेका छन् । छिमेकी नगरपालिका र जिल्लासँग व्यपार व्यवसाय विस्तारका लागि सडक सञ्जाल र पुलहरू निर्माण भएका छन् । भानुचोकलाई व्यवस्थित गर्न नयाँ स्मार्ट व्यवस्थित बसपार्क निर्माणका लागि डिपिआर तयार भएको छ । तीनै तहका सरकारको साझा लगानीमा बस पार्क निर्माण हुनेछ ।
देशकै पहिलो नमूना परियोजनाको रुपमा फोहोरबाट ग्यास उत्पादन गरी फोहोर मैला व्यवस्थापनको काम धरान उपमहानगरले थालेको छ ।
 यसैगरी पर्यटनको लागि प्रदेश सरकारले प्रदेश निर्देशनालय स्थापना गर्ने साथै पर्यटकीय नगर बनाउन चालु आर्थिक वर्षबाट काम शुरु गरेको छ । नगरपालिकाकाले विश्व पर्यटकीय नेटवर्कमा धरानलाई जोड्ने काम गरेको छ । धरानलाई चालु आर्थिक बर्षमा धरानका लागि मात्र सवा अर्बभन्दा बढीकोे बजेट सङ्घ, प्रदेश र स्थानीय तहबाट विनियोजन भई अल्पकालीन तथा दीर्घकालीन योजनाका काम अगाडि बढेका छन् ।
 धरानका सरकारी कार्यालयहरु धमाधम अन्यत्र सारिँदा नेकपाको नेतृत्वको स्थानीय तहले केही गर्न सकेन भन्ने आरोप के हो ?

१ र १४ मा समेत नेकपाको यस पटक जनलहर बढेको अवस्था छ । त्यसैले नेकपाको मत घट्ने प्रश्नै आउँदैन । विपक्षीले नेकपाको मत घट्छ र जित्छौं भन्ने हल्ला दिवासपना मात्र हो ।

– यो सरासर गलत र झुट विषय हो । जति पनि सरकारी कार्यालयहरू अन्यत्र सरेका छन्, ती सबै नेपाली काङ्ग्रेसको सरकारको निर्णय अनुसार भएका छन् । सरकारी कार्यालय कहाँ र कसरी राख्ने भन्ने विषय स्थानीय सरकारको क्षेत्राधिकारको विषय होइन । २०४७ देखि हालसम्म दर्जन सरकारी कार्यालयहरू काङ्ग्रेसको नेतृत्वको सरकारको निर्णय अनुसार अन्यत्र सरेका छन् । हामीले त मालोपोत कार्यालय, वनको प्रदेश निर्देशनालय, पर्यटनको प्रदेश निर्देशनालय, टेलिकमको मुख्य लेखा कार्यालय धरानमा ल्याइसकेका छौं । अब खेलकुदको प्रदेश स्तरीय कार्यलय र प्रदेश प्रमुखको सम्पर्क कार्यालय तत्काल स्थापना गर्ने प्रक्रियामा छ । आवश्यता अनुसार अन्य सरकारी संरचना धरानमा स्थापना गर्ने काम भइरहेको छ । यो विषय नेपाली काङ्ग्रेसले नै उठाउने नैतिक आधार काङ्ग्रेससँग छैन ।

नेकपा र काङ्ग्रेसको मत अङ्क गणित निकै फरक छ तर यो चुनावमा घट्छ भन्छन्, के छ नेकपाको आँकलन ?
– हाम्रो मत घट्ने कुनै आधार देखिँदैन । २०७४ को स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसले ५ वटा वडामा विजय हासिल गरेको भएता पनि अहिले दुई पार्टी एक भइसके पछि सानो मतदाता सङ्ख्या भएका दुईवटा वडाबाहेक कुनै पनि वडामा सबै वडाहरूमा नेकपा भारी मतले अगाडि छ । ठूलो मतदाता सङ्ख्या भएका वडाहरूमा (वडा नं. २, ३,४ १५ र १७ मा) त हिजो पनि नेपाली काङ्ग्रेस तेस्रो स्थानमा थियो । उनीहरूले जितेको २, ५, १८ मा दुई पार्टी मिल्दा हामी धेरै मतले अगाडि छौं । १ र १४ मा समेत नेकपाको यस पटक जनलहर बढेको अवस्था छ । त्यसैले नेकपाको मत घट्ने प्रश्नै आउँदैन । विपक्षीले नेकपाको मत घट्छ र जित्छौं भन्ने हल्ला दिवासपना मात्र हो ।