धरान / पुराना पार्टीका पुरानो सोचका नेताहरुको कारण धरान बैंश नै नआइ बूढो भएको सहर बनेको टिप्पणी गर्दै पूर्वमन्त्री राईले अब धरानलाई विकासको गतिमा र जिवित सहर बनाउन हात चिन्हमा मतदान गर्न समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले धरानवासीलाई आग्रह गरे । समाजवादीले के गर्छ भन्ने कुरा प्रदेशमा गरेको कामले पनि प्रष्ट हुने बताए।यद्यपि केपि ओलि सरकार प्रदेशलाई अधिकार बिहिन बनाउन खोएको आरोप लगाए ।समाजवादिले सम्हालेको स्वास्थ मन्त्रालय र शहरी बिकास मन्त्रालयको अधिकार प्रदेश सरकारलाई दिएको बताए । सभालाई संबोधन गर्दै नेपाली जनताले दूध खान चाहने हो भने गधा पालेर नहुने बताए । दूध खानलाई त गाईभैसी पाल्नुपर्ने बताए ।
समाजवादी पार्टी धरान उप-महानगरपालिका प्रमुख पदका उम्मेद्वार गजेन्द्र इस्वोलाई गाईको संज्ञा दिँदै उम्मेदवार गजेन्द्र इश्बोले कुनै राजकीय धरान र धराने जनताको लागि दिएको योगदान नै इस्वोको चुनाव जित्ने आधार भएको दावी गरे ।
उनले नेकपा र कांग्रेसलाई लक्षित गर्दै ती पार्टीहरु र तिनका उम्मेद्वारबाट देश र जनताको कुनै पनि अपेक्षा पूरा नहुने ठोकुवा समेत गरे ।
नेता राईले भने-"चुनावमा कसले जित्छ भन्ने थाहा हुने भए जित्नेलाई विजयी घोषणा गरे हुन्छ तर त्यस्तो हुँदैन । जनताले दिने मतका आधारमा विजयी हुने भएकाले जनताले योग्य उम्मेद्वारलाई मतदान गर्नुपर्छ , जिताउनुपर्छ।"
समाजवादीले के गर्छ भन्ने प्रमाण र उदाहरण प्रदेश २ को गतिविधिले देखाउने बताए।राष्ट्र सङ्घले दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० भित्रमा महिला र पुरुष ५०/५० प्रतिशत अनिवार्य सभागिताको कुरा गरे पनि समाजवादी पार्टी नेतृत्वको प्रदेश नं २ को सरकारले १० वर्ष अघि नै लोकसेवा लगायत नीति निर्माण र सबै तहमा महिला र पुरुषलाई समान प्रतिनिधित्व दिलाउने नीति ल्याइसकेको राईले स्पस्ट पारे ।
त्यसैगरी यसअघि लिम्बुवान पार्टी परित्याग गरेकाहरु रितेश लिम्बू,प्रेम गुरुङ र पुर्ण लिम्बुको नेतृत्वमा दुईसय बढिले आज सामुहिक रुपम पार्टी प्रवेश गरेका छन।