धरान / उपमहानगरपालिकाको आगामी मंसिर १४ गते हुने उपनिवार्चनको नेकपाबाट मेयरका उम्मेद्धवार प्रकास राईलाई जिताउन धरानका मुस्लिम समुदायहरु एकजुट भएका छन् । आइतबार धरान–३ स्थित पुरानो बजार स्थित अल नेपाल मुस्लिम संगठनले निवार्चन लक्षित सभा आयोजना गदैं एकताको सन्देश दिएको छ ।
उनीहरुले नेकपा उम्मेद्धवार राईलाई जिताउने प्रतिबद्धता गरेका छन् । केहिदिन अगाडी चुनावि प्रचार प्रसारको क्रममा नेपालि कांग्रेसले मुस्लिम समुदायको नवाज बेथोलेको भन्दै घोर आपत्ति समेत जनाएका थिए । मुस्लिम समुदायको लागि नेपाली कांग्रेसले कुनै पनि उल्लेखनीय काम नगरेको भन्दै उनीहरुले नेकपा उम्मेद्धवार प्रकाश राईलाई नै जिताउन समेत आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा प्रदेश इन्चार्ज भीम आचार्यले बहुदल नेपाली कांग्रेसको एजेण्डा नरहेको बताएका छन् । नेपाली कांग्रेसलाई उनले भिजन बिनाको पार्टीसमेत भनेका छन । नेपाली काँग्रेसको दुईतिहाई सरकार हुदासमेत कुनै पनि क्षेत्रमा कार्यक्रमहरु ल्याउन नसकेको बताउदै उनले हाल नेकपाको सरकारले देशलाई सम्मृद्धी तर्फ लगिरहेको समेत उनले दाबी गरे । नेपालि काँग्रेसकै नेतृत्वमा नेपालमा रहेका सबै उद्योगधन्दाहरु ध्वस्त बनाई निजिकरण गरेको समेत उनले आरोप लगाए । दश वर्षे शाशन गर्दा पनि नेपाली काँग्रेसले कुनै उल्लेखनिय काम नगरेको दाबी समेत उनले गरेका थिए ।
नेकपाका केन्द्रिय सदस्य मेफुज आलमले नेपाली काँग्रेसको सरकार हुदा मुस्लिम समुदायको विशेष पर्व ईद बक्रईदमा सार्वजनिक विदाको आग्रह गर्दा बकमफुस्रे कुरा गरेर कुरा टालेको उनले बताए । उनले भने यसरी कुनै पनि समुदायको धर्म र सस्कार सस्कृतिको सम्मान नगर्ने पार्टीलाई सबैले बहिष्कार गर्नुपर्ने समेत बताए । यो पटकको मत यदी दायाँबायाँ गरी नेकपाको जित नभए धरानको समृद्धी असम्भव रहने समेत उनले बताए ।
धरानका मुस्लिमहरुलाई नेपाली कांग्रेसले ठेकेदार लगाई प्रयोग गरिहेको नेकपा जिल्ला सदस्य भीमज्वाला राईले बताएका छन् । मुस्लिम समुदायका केही काँग्रेसीहरुलाई प्रयोग गदैं धार्मिक सहिष्णुता भड्काउने काम गरिरहेको समेत उनले बताए । धरानको सम्मृद्धी विकाश र सबै जातित्वको सम्मान र सुरक्षाको लागि नेकपाको नेतृत्व जरुरी रहेको उनले बताए । उनले भने–‘नेपाली काँग्रेस यस्तो पार्टी हो जसले एकात्मकवादी र एकलधर्मवादीको नारालाई बोकेर हिडेको छ ।’ यो पार्टीले कुनै पनि समुदायको धर्म र संस्कृतिलाई कुनै हालतमा सम्मान र सुरक्षा दिन नसक्ने उनले बताए ।
सभालाई सम्बोधन गर्दैं नेकपाका उम्मेद्धवार प्रकाश राईले धरानका मुस्लिम समुदाय एक इतिहास रहेको बताउदै मुस्लिम समुदायको मुद्धा र समस्या माथि आफु जहिल्यै प्रतिबद्ध रहनेसमेत उनले बताए । साथै उनले मुस्लिम समुदायको मदरसा पठनपाठनको व्यवस्थाको लागि पनि नेकपाले पहल गरिरहेको उनले बताए । सभामा नेकपा अखिल सदस्य वसिम आलम,प्रवेश आलम, वडा नं ९ वडाध्यक्ष रत्नबहादुर कटुवाल, फिरोज अलि, बिकाश बनेपालीलगायतले बोलेका थिए ।