धरान / आगामी मंसीर १४ गते हुने उपनिर्वाचन बहिस्कारको गर्ने ९ जनालाई धरानबाट प्रहरीले पक्राउ गरेको छ । धरानको छाता चोकमा रहेको पुरानो अस्पताल क्षेत्रमा भेला भई उपनिर्वाचन बहिष्कारको लागि कार्यक्रम गर्ने तयारी गर्दैगर्दा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
पक्राउ पर्नेमा उदयपुरका टिकाराम राई, धरानका पारस लिम्बु, रामबहादुर पौडेल, मोहन लिम्बु, पदम तामाङ, गौरव राई, झापाका जय आचार्य, इटहरीका सन्तोष ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ । डिएसपी न्यौपानले बताए ।
प्रहरीका अनुसार उनीहरुको साथबाट एउटा साउन्डबक्स, एउटा वारलेस माईक, सिपी गजुरेल अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाको १५ थान पर्चा पनि बरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए ।
पक्राउ परेका मध्ये ३ जना केन्द्रीय सदस्य र ६ जना प्रदेश सदस्य रहेको बताईएको छ । संसदीय उपचुनाब बहिस्कार गरौं, संघीय गणतन्त्रको दिशामा अघि बढौ भन्ने नारा लेखिएको पर्चा भेटिएको थियो ।