धरान / गत २०७४ सालको निर्वाचनमा धरानलगायत देशभरका अधिकांस ठाउँमा नेपाली कांग्रेसले हारे पनि जनतालाई कुनै पनि बहानामा हार्न नदिएको पूर्व अर्थ मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन ।
मंसिर १४ गते धरान उपमहानगरको उपनिर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसले धरान–२० बिष्णुपादुकाको सुहारामा आयोजना गरेको कोणसभामा बोल्दै पूर्व मन्त्रीसमेत रहेका कार्कीले नेपाली कांग्रेस सबै जाति, धर्मको साझा थलो भएको बताए । उनले भने –‘नेपाली कांग्रेस सबै नेपालीको सामुन्तीको लागि लडेको पार्टी हो । पटक पटक कम्युनिष्टले जितेको बिष्णुपादुका सम्मआइपुग्ने बाटो हेर्दा कम्युनिष्ट काम हैन कुरामात्र गर्ने पार्टी भएको स्पष्ट भएको उनले बताए
कांग्रेसले हारे पनि जनतालाई हार्न दिएको छैन: ज्ञानेन्द्र कार्की
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































