धरान / आगामी मंशीर १४ गते हुने उप निर्वाचनबाट नेकपाका उम्मेद्धवार प्रकाश राईलाई जिताउनको लागि धरानका वौद्धिक क्षेत्रका व्यतिmत्वहरुले प्रतिवद्धता जनाएका छन् । वुधबार नेकपाको पाटी कार्यालयमा वौद्धिक जमातको भेलाबाट सो प्रतिवद्धता जनाएका हुन् । नेकपाका नेता धर्मराज निरौलाको प्रमुख आतिथ्यतमा सम्पन्न भएको भेला भएको हो ।
वौद्धिक जमातमा आवद्ध विभिन्न पेशाकर्मी, वकिल, स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुको भेला भएको थियो । भेलालाई संवोधन गर्दै प्रमुख अतिथी निरौलाले सुर्य ध्वजावाहकका उम्मेद्धवारको विजय सुनिश्चित भइसकेकोले विपक्षी पाटीका उम्मेद्धवारले विभिन्न आरोप प्रत्यारोप गरेपनि कुनै तकु नभएको वताएका छन् । भेलामा वोल्दै राम बहादुर विष्टले नेकपाको जित निश्चित भएकाले विपक्षीहरु अतालिएको दाबी गरे । उनले भने २५ हजारको भारी मताको अन्तरले नेकपाका उम्मेद्धवार प्रकाश राईले विजय हासिल गर्ने पनि बताए । त्यसैले चुनावी मैदानको युद्धमा अवको ६ दिन सम्पुर्ण वौद्धिक वर्गहरु एक भएर लाग्नु पर्ने पनि विष्टले आग्रह गरेका छन् । भेलामा नेकपाका नेता गुरु वराल,जिल्ला सुनसरी सदस्य मुरारी सुवेदी, वेण काफ्ले लगातयका नेताहरुले संवोधन गरेका थिए ।