धरान /  धरान उपमहानगरपालिकामा मेयर पदका लागि दलहरुवीच चुनावी चहलपहल बढेको बेला विहीबार नेपाली कांग्रेसका उम्मेदवार तिलक राई धरान– १९ स्थित बाजेबजु चौकबाट दिप बालेर घरदैलो कार्यक्रमको शुभारम्भ गरेका छन् ।
मतदाताहरुलाई घरदैलोमा नमस्कार गर्दै चोकचोकमा आयोजना हुने कोणभामा आफ्नो एजेण्डा राख्दै आएका उम्मेदवार राईले यसपटक आफुलाई मत दिएर धरानको मेयर बनाइ जनताको सेवा गर्ने अवसर दिन आग्रह गरेका थिए । बाजेबजुचौकबाट सुरुभएको घरदैलो कार्यक्रम सुनगाभामार्ग, खिमतिङमार्ग, बालकचौक, जिमिचौक, हरियाली सामुदायिक वनमार्ग, यलम्बर सामुदायिक वनमार्गलगायतका टोलबासीहरुले कांग्रेससंग आशावादी हुदै मेयरका प्रत्यासी राईलाई फुलमाला लगाएर विजयको शुभकामना दिएका छन् । उक्त घरदैलो कार्यक्रममा संघिय सांसद मीना सुब्बा, लेटाङ नगरपालिकाका मेयर शंकर राई, नेवि संघका केन्द्रिय उपाध्यक्ष नविन राईलगायत नेताहरुको उपस्थिति रहेको थियो ।