काठमाडौं   बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आज अदालतले आदेश जारी गरेको छ ।
सोमबार थुनछेक बहस सकिए पछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको हो ।

महरा मुद्धाको टुंगो नलागेसम्म डिल्ली बजार जेलमा रहने छन् ।