धरान / बलात्कार प्रयास आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बिहीबार सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ ।

सरकारी वकिल कार्यालयले उनलाई जवर्जस्ती करणी उद्योग र सरकारी उच्च ओहोदामा रहेर पदीय मर्यादा विपरीत काम गरेको उनी माथि अभियोग लगाएको छ । दशैको अष्टमीमा पक्राउ परेका महरालाई अदालत पेश भएपछि उनको बयान लिएर थुनछेक बहस हुने छ ।
यस्तो छ सजायको व्यवस्था
मुलुकी अपराध संहितामा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजाय तोक्ने प्रावधान छ। अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी युवती वा महिला भए सात वर्षदेखि दस वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। जबरजस्ती करणी उद्योग गरेको भए त्यसको आधा सजाय हुने व्यवस्था मुलुकी अपराध संहितामा छ। महरालाई त्यसको आधा सजाय अर्थात् साढे तीनदेखि ५ वर्षसम्म सजाय मागदाबी गरिएको छ । अभियोग प्रमाणित भए उनले ३ देखि ५ बर्षसम्म जेल सजाय भोग्नु पर्छ ।

महरा सार्वजनिक पदाधिकारी भएकाले डेढी सजाय थप हुन्छ । करणी उद्योगमा साढे तीनदेखि साढे पाँच वर्षसम्म कैद हुन्छ। डेढी भएकाले साढे सात वर्षसम्म कैद हुन सक्ने कानुन व्यवसायीहरुले बताएका छन् । संसद सचिवालयमा काम गर्ने एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा उनलाइृ प्रहरीले पक्राउ गरेको थियो ।