काठमाडौं / सभामुख कृष्णबहादुर महरालाई संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुराचारको समाचार बाहिरीए पछि उक्त विषयमा छलफल गर्न सचिवालय बैठक बसिरहेको नेकपा सचिवालयले जनाएको छ ।

आइतबार बेलुका राजधानीको तीनकुनेस्थित आफ्नै डेरामा आएर सभामुख महराले जबर्जस्ती गरेको ती महिलाले दावी गरेकीछिन् ।
यता सभामुख महराका प्रेस संयोजकले विज्ञप्ति जारी गरि आरोपको खण्डन गरेका छन् ।
यौन दुराचारको समाचार आए पछि मंगलबार विहान सभामुख महराले नेकपाका दुवै अध्यक्षलाई भेटेका थिए ।
आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न नेकपाको शीर्ष नेतृत्वले संकेत दिएको छ । उनले राजीनामा दिएर छानविनलाई सहयोग गर्न मागसमेत उठेको छ ।

महरासामु राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुबाहेक अरू विकल्प नभएको केन्द्रीय एक नेताले बताए । ती महिलाले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू यौन दुर्व्यवहारको शिकार भएको दाबी हिजो गरेकी थिइन ।

सभामुख महराले भने आफूमाथिको आरोप निराधार भएको बताउदैं कर्मचारीले समायोजनमा परेपछि आफूमाथि रीस पोखेको बताउदै आएका छन् ।