धरान/ धरान-८ तिनकुनेस्थित बसकाे ब्रेक फेल हुँदा दुर्घटना भएको छ ।

धरानबाट इटहरी तर्फ जादै गरेको को १ ख ३५१७ नम्बर को बस ब्रेक फेल हुँदा ४ जना यात्रु घाइते भएका छन् ।

बसलाई कन्ट्रोल गर्ने क्रममा सडक छेउमा रहेको बरको रुखमा ठक्कर लाग्दा बसमा सवार यात्रुहरुमध्ये ४ जना घाइतेहरूकाे धरानस्थित वीपी प्रतिष्ठानमा उपचार भइरहेकाे छ ।

बस घट्नास्थलमा नै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।