कालाबञ्जार/वराहक्षेत्र-५ स्थित जडेज माविकाे खेल मैदान पूर्वपट्टि हैटाखाेलामा असाेज २४ गते शुक्रबार शालनालसहित पानीमा फालिएको अवस्थामा शिशु फेला परेको छ ।
 
स्थानीयले बिहीबार बेलुका देखे पनि गुडिया हाे भनेर बेवास्ता गरेका थिए । शुक्रबार बिहान ९ बजे पुनः खाेलामा देखेपछि कालाबन्जार प्रहरी चौकीलाई खबर गरेका थिए । अन्दाजी एकदुई दिनअघि मात्रै खाेलामा फालेको हुन सक्ने अाशंका गरिएको छ । 
 
इलाका प्रहरी कार्यालय चक्रघट्टीले शिशुकाे शवकाे मुचुल्का उठाई धरानकाे बीपी हस्पिटल पाेष्टमार्टमका लागि पठाइएको असइ दिपेशकुमार देवले बताए ।
 
'कालाबन्जारमा यस्तो घटना पहिलो हो, कसले किन यस्तो काम गर्‍यो हामी पत्ता लगाउनेछौ, गाउँघर सोधपुछ गर्ने छौ, प्रहरीले यथासक्दो चाँडो घटना पत्ता लगाउन मद्दत गर्नु पर्यो' वडाअध्यक्ष राजु अघिकारी भने ।