धनकुटा/ धनकुटा नगरपालिका-९ गुठिटारमा आज दिउँसो सवा १२ बजे बस र ट्रक ठोक्किदा १४ जना घाईते भएका छन् ।

धनकुटाबाट धरान तर्फ आउँदै गरेको ना ६ ख ४४८३ नम्बरको ट्रक र बिपरीत दिशाबाट जाँदै गरेको यात्रुबाहक बस एक आपसमा ठोक्किदा बसमा सवार १४ जना घाईते भएका हुन् ।

घाईते सबैजनाको तत्कालको अवस्था सामन्य रहेको र निजहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।