भोजपुर /  जिल्लाको विभिन्न ठाउँमा अविरल वर्षाको कारण तीन वटा घर भत्किएका छन् । अविरल वर्षाका कारण भोजपुरको आमचोक , रामप्रशाद राई र अरुण गाउपालिकामा पहिरोले क्षेति पु¥याएको छ । पहिरोले तीन वटा घर भत्किएको स्थानीयले जनाएका छन् । बर्षाले आम्चोक गाउँपालिका –४ का स्थानीय तिलकबहादुर कार्कीको दुई तले ग्वाली घर भत्किएर एउटा बोका मरेको छ । घर भत्किदा एक लाख तीन हजार बरावरको क्षति भएको कार्कीले बताए । वर्षाकै कारण मंगलबार विहान जिल्लाको रामप्रसाद राई गाउँपालिका १ ओख्रेमा पनि स्थानीय धन वहादुर राईको घर भत्किएको हो । यस्तै अबिरल बर्षाले अरुण गाउँपालिका ५ याकुका रमेश ढकालको घर भत्किदा ७६ हजार वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
ढकालको घर भत्किएर तीन वटा चौपाएसमेत मरेका छन । वर्षातका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ, भने ग्रामिण भेगमा चल्ने यातायात समेत अवरुद्ध भएको छ । बर्षातले कच्ची सडक हिलाम्य हुदा यातयात सञ्चानलमा समस्या भएको हो ।