देउराली । धरान उपमाहानगरपालिका वाडा नम्बर ७ बुद्ध चौक स्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुदा एक जना घाइते भएका छन् ।

धरानबाट इटहरी तर्फ जादैगरेको मे १ ख १३७१ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउदै गरेको को ३८ प ३११८ नम्बरको मोटरसाइकललाई ठक्करदीदा मोटरसाइकल चालक धरान ४ बस्ने बर्ष ५० का नरेन्द्र गिरी घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घाइते चालकको वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टा भाचिएको कार्यालयले जनाएको छ ।

दुर्घटनापछि बस र माेटरसाइकल । इलाका प्रहरीको नियन्त्रणमा रहेको छ भने,  बस चालका फरार रहको कार्यालयले बताएको छ ।

1 1 2 3 4