ब्लाष्टखबर । बाराको अमलेखगञ्जस्थित ईन्धन भण्डारणका लागि निर्माण गरिएको नेपाल–भारत पेट्रोलियम पाइपलाइनको  नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उदघाटन गरेका छन् ।

 सिंहदरबार र  दिल्लीबाट स्वीच थिचेर उदघाटन पाइपलाइनको  गरीएकाे पाइपलाइनकाे उद्घाटन कार्यक्रमका लागि दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिएका छन् । 

उदघाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताए । त्यस्ताै माेदिले उपेक्षा गरे भन्दा चाडैंकाम सम्पन्न भएकाे भन्दै खुशी व्यक्त गर्दैं नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । उनले प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि दिएको निम्तो स्वीकार गर्दै उनले छिट्टै आउने बचन पनि दिए ।

अमलेखगन्जमा इन्डियन आयल कर्पोरेसनका अधिकारीले पाइपलाइनबाट आएको तेल बोतलमा थापेर नेपाल आयल निगमका अधिकारीलाई हस्तान्तरण गरेका थिए  । सो तेल भण्डारण गृहमा खन्याइएको थियो ।